नियम ४५
उजुरी निवेदनको सुनुवाई
: कर्जा असुली न्यायाधिकरणले नियम ४४ बमोजिम उजुरी निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रतिवादीहरूलाई आफ्नो सफाइको निमित्त सबुद प्रमाणसहित प्रतिउत्तर पेस गर्न म्याद जारी गर्नु पर्नेछ र प्रतिवादीले सो अवधिभित्र प्रतिउत्तरपत्र दाखिल गर्नु पर्नेछ ।

तर काबुबाहिरको परिस्थिति परी सो म्यादभित्र प्रतिवादीले प्रतिउत्तरपत्र पेस गर्न नसकी सोको कारण खोली त्यसपछिको पन्ध्र दिनभित्र निवदेन दिएमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब देखिएमा पन्ध्र दिनसम्मको म्याद थप गर्न सकिनेछ ।